शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

विश्व इतिहासमा आज : राष्ट्रसंघको महासभाको पहिलो संकल्प प्रस्तावदेखि मंगलमा रोवर अवतरण

सोमबार, १० माघ २०७८, ०६ : २२
सोमबार, १० माघ २०७८

आज २४ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

जापानद्वारा पहिलो लुनार परीक्षण
सन् १९९० मा जापानले पहिलो पटक अन्तरिक्षमा गहिरो अनुसन्धान गरेको थियो ।  सन् १९७६ मा सोभियत युनियनले अन्तरिक्षमा पठाएको लुना २४ पछि जापानको पहिलो गहिरो रोबोटिक अनुसन्धान हो ।

राष्ट्रसंघको महासभाको पहिलो संकल्प प्रस्ताव
सन् १९४६ मा राष्ट्रसंघको महासभाले पहिलो संकल्प प्रस्ताव पारित गरेको थियो । राष्ट्रसंघीय आणविक उर्जा आयोग (यूएनएइसी) स्थापनाबारे राष्ट्रसंघको पहिलो संकल्प प्रस्ताव आएको हो ।

विन्स्टन चर्चिलको जन्मदिन
आजकै दिन बेलायतका पूर्वप्रधानमन्त्री विन्सटनको मृत्यु भएको थियो । सन् १८७४ को नोभेम्बर ३० मा जन्मिएका चर्चिलको मृत्यु १९६५ को २४ जनवरीमा भएको थियो ।

मंगलमा रोवर अवतरण
सन् २००४ मा नासाको ६ पाङ्ग्रे रोभर मंगल ग्रहमा उत्रिएको थियो । रोभरले मंगलको चट्टान तथा माटोबारेमा अनुसन्धान गरेर त्यसको तस्विर पृथ्वीमा पठाएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप