बालकुमारी मन्दिरको मूर्ति चोरी : चोर पत्ता लगाउन कसम खुवाइने
ललितपुरको सुनाकोठीमा एउटा मन्दिर छ, बालकुमारी माई । सो मन्दिरप्रति स्थानीय बासिन्दाको यतिसम्म विश्वास छ कि सुनाकोठीलाई बचाउने र जोगाउने नै बालकुमारी माई हुन् । त्यहाँका बासिन्दा आफूहरूलाई केही भयो भने सुरुमै सोही मन्दिरलाई सम्झन्छन् । कतै चोरी भयो, चोर पत्ता लगाउनुपर्‍यो भने बालकुमारी माईको कसम खाऊ त भनेर पनि भनिन्थ्यो विगतमा । त्यस्तो भनेपछि झुटो कसम खाने आँट कसैले गर्दैनथे ।
सुनाकोठीका बासिन्दाको आस्थाको धरोहर बालकुमारी माईको मूर्ति आइतबार स्वयं चोरी भएको छ । मूर्ति चोरी भएपछि स्थानीय बासिन्दा प्रहरीको सहयोगमा खोजीमा जुटेका छन् । यद्यपि, आइतबार राति अबेरसम्म फेला परेको छैन । तैपनि मूर्ति फेला पर्नेमा उनीहरू ढुक्क जस्तै छन् ।
बालकुमारी माईको मन्दिरको मूर्ति हराएको थाहा पाउने पहिलो व्यक्ति हुन् प्राणनाथ महर्जन । ललितपुर महानगरपालिका–२७ सुनाकोठीका स्थानीय बासिन्दा प्राणनाथको घर बालकुमारी मन्दिरनजिकै छ । उनैले शनिबार साँझ करिब पौने ६ बजे मन्दिर गई आरती गरेका थिए । आरती सकेर ताला लगाई घर फर्केका उनी आइतबार बिहान ४ बजे नै पूजा गर्न गएका थिए । तर, मन्दिर परिसरको अवस्था देखेपछि उनको मनमा चिसो पस्यो ।
किनकि, अघिल्लो दिन आफंैले लगाएका ताला त्यहाँ थिएनन् । उनी हतारहतार मूर्ति भएको ठाउँमा पुगे । तर, मूर्ति नदेखेपछि उनको होसहवास् नै उड्यो । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
-
गाजाका जनतालाई दिएको समर्थनबारे मलाला यूसुफजाइको स्पष्टीकरण
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी