ad
x

‘देउवालाई हिजो उचाल्ने ज्ञानेन्द्र, आज प्रचण्ड’

person explore access_timeमाघ ९, २०७८ chat_bubble_outline0

एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विगतमा पूर्वराजा ज्ञानेन्द्र शाहले उचालेको र आजका दिनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उचालेको टिप्पणी गरेका छन् । उनले हिजो देउवा चुनावबाट भाग्न खोज्दा ०५८ साले प्रतिगमन भएको पनि टिप्पणी गरेका छन् । 


अहिले देउवा फेरि चुनावबाट भाग्न खोजेको उनको भनाइ छ । सत्ता गठबन्धनले बैशाखमा गर्नुपर्ने स्थानीय तहको चुनाव सार्नेबारे छलफल थालेपछि उनले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन् ।  ‘हिजो देउवा चुनावबाट भाग्न खोज्दा ०५८ साले प्रतिगमन भाथ्यो । आज पुनः देउवालाई मोहरा बनाइँदैछ । हिजो उचाल्ने ज्ञानेन्द्र,आज प्रचण्ड,’ उनले भनेका छन् ।
 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।