उपत्यकाको सात ट्राफिक कार्यालयबाट मेसिनमार्फत जरिवाना तिर्न सकिने
काठमाडौँ उपत्यकाको विभिन्न सात ट्राफिक कार्यालयमा मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिस्कृत र सहज बनाउनका लागि उपत्यकाका सात ट्राफिक कार्यालयबाट जरिवाना तिर्ने गरी सेवा विस्तार गरेको हो ।
महाशाखाले महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, कोटेश्वर, गट्ठाघर, थापाथली, मालीगाउँ र दरबारमार्गमा सेवा विस्तार गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ट्राफिक नियम उल्लङ्घन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने गरी सेवा विस्तार गरिएको जानकारी दिए ।
उनले ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी प्रयोगकर्ताले जरिवाना तिरी आफ्नो कागजपत्रहरू फिर्ता लिन सरल एवम् सहज होस् भन्ने उद्देश्यले विभिन्न कार्यालयमा सेवा विस्तार गरेको बताए । प्रभु पेका अध्यक्ष कुसुम लामाले ‘किअस्क’ मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गएर लाइन बस्नुपर्ने झन्झट नहुने बताए । ट्राफिक प्रहरीले यसअघि महाशाखामा उक्त सेवा लागू गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या