नेटवर्किङ व्यवसायमा लगानी नगर्नू : राष्ट्र बैंक
आइतबार, ०९ माघ २०७८, २१ : १८
नेपाल राष्ट्र बैंकले नेटवर्किङ व्यवसायमा लगानी नगर्न चेतावनी आग्रह गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै हाइपर फण्ड, जोसियएल, क्राउड वन, सोलेम्याक्स जस्ता पिरामिड व्यवसायमा लगानी नगर्न आग्रह गरेको हो ।
नेटवर्किङ व्यवसाय गैरकानुनी भएको भन्दै राष्ट्र बैंकले त्यसमा लगानी नगर्न आग्रह गरेको छ । राष्ट्र बैंकले भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सीमा कारोबार नगर्न चेतावनी दिएको हो । नेपालमा क्रिप्टोकरेन्सी तथा नेटवर्किङ व्यवसायले मान्यता पाएको छैन । अवैध कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन राष्ट्र बैंकले सूचना जारी गर्दै आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान