प्रश्नपत्र बाहिरिएको भ्रामक प्रचारप्रसार भयो : चिकित्सा शिक्षा आयोग

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षा काठमाडौं उपत्यकासहित देशका अन्य चार स्थानका परीक्षा केन्द्रहरूमा मर्यादित र व्यवस्थित रूपमा भइरहेको भन्दै प्रश्नपत्र बाहिरिएको भ्रामक प्रचारप्रसार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
'परीक्षा जारी रहेको अवस्थामा केही सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा परीक्षाको प्रश्नपत्र बाहिरिएको लगायतका तथ्यहीन र भ्रामक प्रचार प्रसार भएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ' चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डा भोजराज शर्मा काफ्लेले एक सूचना जारी गर्दै भनेका छन्, ' यसरी भ्रामक विषयवस्तु सञ्चार गर्नेप्रति आयोग आफैँ र केन्द्रीय अनुसन्धान ब्युरो व्यवस्थित रूपमा अनुसन्धानमा संलग्न भइरहेको छ ।'
यसै क्रममा परीक्षामा अमर्यादित कार्य गर्न प्रयास गरेका दुई परीक्षा केन्द्रका तीन जनालाई आयोग र केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त प्रयासमा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुरोध गरिसकिएको आयोगले जनाएको छ ।
प्रश्नपत्रको गोपनीयता र व्यवस्थापनमा सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरिएकोबारे विश्वस्त गराउन चाहेको आयोगले जनाएको छ । परीक्षाजस्तो संवेदनशील विषयमा भ्रामक सूचना तथा जानकारीबाट पर्नसक्ने गम्भीर असरप्रति सम्बन्धित सबै सजग रहन आयोगले अनुरोध गरेको छ । माघ १० गतेको परीक्षा पूर्व निर्धारित कार्यक्रम अनुसार नै सञ्चालन हुने आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण