
अधिकांश कर्मचारी सङ्क्रमित, सोमबारबाट ललितपुर महानगरपालिका बन्द

ललितपुर महानगरपालिकामा सोमबारदेखि अत्यावश्यकबाहेकका सेवा बन्द हुने भएको छ । महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्दै गएको र यसबाट महानगरपालिकामा कार्यरत कर्मचारीहरू र जनप्रतिनिधिहरू समेत सङ्क्रमित भई उपचार एवं होम आइसोलेसनमा रहेको जनाएको छ ।
यसरी अधिकांश कर्मचारीहरू सङ्क्रमित भई नियमित सेवा प्रवाहमा समस्या उत्पन्न भएको र आलोपालो प्रणालीबाट सेवा व्यवस्थापन गर्न सक्ने स्थिति समेत नरहेको अवस्थालाई मध्यनजर गरी सोमबारदेखि शुक्रबारसम्म (५ दिन) महानगरबाट प्रवाह गरिने अत्यावश्यक सेवा (स्वास्थ्य सेवा, दमकल, शव वाहन, एम्बुलेन्स, सरसफाइ, नगर प्रहरी) बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सूचनामा उल्लेख गरेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ