एमाले रौतहट जिल्ला पदाधिकारीद्वारा पदभार ग्रहण

नेकपा एमाले रौतहटका नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन् । आइतबार रौतहटको सदरमुकाम गौरमा अवस्थित पार्टी कार्यालयमा पदाधिकारीहरूले पदभार ग्रहण गरेका हुन् ।
यहीँ माघ २ गते कटहरिया सम्पन्न सो पार्टीको नवौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा चुनिएका पदाधिकारीहरूले पदभार ग्रहण गरेको जिल्ला अध्यक्ष त्रिभुवन साहले जानकारी दिए । पदभार ग्रहण गर्दै अध्यक्ष साहले अब आफूहरू नेकपा एमालेलाई रौतहट जिल्लामा एक नम्बरको पार्टी बनाउन एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले गाउँ, नगर प्रदेश अनि देशको विकास नेकपा एमालेले मात्र गर्न सक्ने जनाउँदै नेकपा एमालेलाई अब हुने तिनै तहको निर्वाचनमा रौतहटमा पहिलो पार्टी बनाउने लक्ष्य सहित आफूहरूले काम गर्ने बताए ।
जिल्ला सचिव बाल विक्रम कार्कीले अहिलेको जिल्ला कमिटीमा युवा र अनुभवीको सम्मिश्रण भएकाले पार्टी नेतृत्व पङ्क्ति र कार्यकर्ताको चाहना बमोजिम काम गर्दै पार्टीलाई सफल बनाउने विश्वास व्यक्त गरे । उनले समग्र पार्टी पङ्क्तिलाई एकजुट बनाएर लैजाने भन्दै ठोस कार्ययोजना बनाएर पार्टीलाई जिल्लामा सफलता दिलाउने जनाए ।
कार्यक्रममा नेकपा एमालेका नेताहरू अब्दुल कलाम आजाद, जयचन्द पटेल, राम किशोर साह, मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना साह, कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाह, पवन पटेल, निवेश यादवलगायतको उपस्थिति रहेको थियो ।
नवौँ जिल्ला अधिवेशनले साहको अध्यक्षतामा १ सय ३५ सदस्य जिल्ला कमिटीको सर्वसम्मत चयन गरेको थियो । कमिटीको उपाध्यक्षमा दीपक यादव, सचिवमा बाल विक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?