बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षा मन्त्रालयका ५५ बुँदे प्राथमिकता, २५ बुँदे उपलब्धि

आइतबार, ०९ माघ २०७८, १९ : १८
आइतबार, ०९ माघ २०७८

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सेवा सुधारका सम्बन्धमा ५५ बुँदे प्राथमिकता निर्धारण गर्दै हालसम्म २५ वटा उपलब्धि हासिल गरेको जानकारी दिएको छ ।

मन्त्री देवेन्द्र पौडेलले सबै विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्ने, सबै पालिका, जिल्ला र प्रदेशलाई साक्षर घोषणा गर्ने, अधिकतम सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पढाइ सञ्चालन गर्ने लगायतको प्राथमिकता निर्धारण गरेका हुन् ।

आफ्नो हालसम्मको कार्यकालमा शिक्षक अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन र जग्गा खोजी गर्ने कार्य भइ थप प्रक्रिया अघि बढाइएको, छात्रवृत्तिका लागि कार्यविधि स्वीकृत गरी प्रक्रिया अघि बढाइएको उनले उल्लेख गरेका छन् ।

मन्त्री पौडेलका निजी सचिवसमेत रहेका उपसचिव डा. कुलप्रसाद खनालका अनुसार राष्ट्रिय पुस्तकालय भवन निर्माण प्रक्रिया अगाडि बढाइएको छ भने द्वन्द्व पीडित शिक्षकका समस्या समाधानको लागि पहल गरिएको, मापदण्ड पूरा गरेका अस्पताललाई नर्सिङ कार्यक्रममा भर्ना गर्न निर्देशन दिइएको छ ।

यस्तै, युनेस्को साधारण सभामा नेपालको प्रतिनिधित्व गरिएको, मन्त्रालयको सेवा प्रवाह सुधारको कार्य योजना तयार गरी कार्यान्वयन गरिएको, चीनका विभिन्न विश्वविद्यालयमा चिकित्सा शास्त्र अध्ययन गरेका तर कोभिडको कारण फर्किन नपाएका विद्यार्थीहरूको गुनासो र माग बमोजिम समाधानका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

स्थानीय तहमा कार्यक्रम कार्यान्वयनको प्रभावकारी समन्वयका लागि शिक्षा विकास तथा समन्वय इकाई प्रमुखहरूको कार्यशाला आयोजना गरी निर्देशन जारी गरिएको, यस बीचमै विद्यालयस्तरीय पाठ्यपुस्तक छपाई तथा वितरणका लागि जनक शिक्षा सामग्री केन्द्र र निजी क्षेत्रको सहभागितामा कार्यारम्भ गरिएको छ ।

विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालित शिक्षण संस्थाहरूको अनुगमन गर्ने कार्य सुरू भएको पनि जनाइएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप