जनकपुरमा प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतला दहन
नेकपा एमाले निकट युवा संघ नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पुतला दहन गरेको छ । सो संगठनले आइतबार जनकपुरधाममा प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतला दहन गरेको हो ।
जनकपुरधामस्थित रेल्वे स्टेसनबाट निस्केको जुलुसले जनकपुरधाम नगरको परिक्रमा गरेको थियो । मन्त्री यादवले हिंसात्मक अभिव्यक्ति दिएपनि प्रधानमन्त्री देउवाले उनलाई बर्खास्त गर्न नचाहेको र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेकोले उनीहरुको पुतला दहन गरिएको युवा संघले जनाएको छ ।

यूवा संघका कार्यकर्ताहरूले नरसंहारवादी मुर्दावाद, रेणु यादवलाई मन्त्री पदबाट बर्खास्त गर, हत्यारा सरकार चाहिँदैन, मापसे सरकार मुर्दावाद, स्थानीय तहको निर्वाचनको मिति घोषणा गर, अपराधी देउवा सरकार मुर्दावाद जस्ता नारासमेत लगाएका थिए ।
माघ ५ गते रौतहटको गौरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले हिंसात्मक अभिव्यक्ति दिएकी थिइन् । त्यस्तै एमाले निकट अनेरास्ववियूका कार्यकर्ताले जनकपुरधाममा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा समेत प्रदर्शन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण