छिमेकमा गोली चलिरहेको थियो, एउटा गोली ८०० फिट पर घरमा सुतिरहेका वैज्ञानिकको टाउकोमा लाग्यो
प्रेमिकालाई अमेरिका भेट्न आएका एक बेलायती वैज्ञानिकको एउटा अचम्मको घटनामा परी मृत्यु भएको छ । ३१ वर्षका डाक्टर म्याथ्यु विल्सन आइतबार अबेर राती पार्टनर केट शेपर्डसँगै सुतिरहेका बेला एउटा गोली उनको बेडरुमको भित्ता पार भएर सिधै उनको टाउकोमा लाग्यो ।
प्रहरीका अनुसार केटले आफूहरुलाई यसबारे जानकारी दिएकी हुन् । घटनास्थलमा पुग्दा उनको ज्यान गइसकेको थियो ।
नजिककैको अपार्टमेन्टमा भइरहेको थियो गोलीबारी
प्रहरीका अनुसार राती २ बजे आएको फोनकलमा एउटा अपार्टमेन्टमा अन्धाधुन्ध फायरिङ भएको रिपोर्ट प्राप्त भयो । उनी घटनास्थल पुगेपछि नजिकैको अपार्टमेन्ट ब्लकबाट एउटा फोन आयो । उक्त फोन म्याथ्युको टाउकोमा गोली लागेपछि गरिएको थियो । घटनास्थल पुगेर म्याथ्युलाई स्थानीय अस्पताल पुर्याइयो जहाँ उनलाई मृत घोषित गरियो ।
प्रहरी अधिकारी ज्याकब किसेलले एक स्थानीय टिभीसँगको कुराकानीमा कसैको मूर्खताको शिकार एक निर्दोष व्यक्ति बनेको बताएका छन् । उनले थपे, ‘उनी र उनका पार्टनर बिस्तारामा पल्टिरहेका थिए । उनी यहाँ बेलायतबाट घुम्न आएका हुन् । यो निकै दुःखद घटना हो र हामी आशा गर्छौँ कि यदि कसैसँग पनि यो घटनासँग सम्बन्धित जानकारी छ भने हामीलाई जानकारी दिनुहोस् ।’
हालसम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।
८०० फीट परबाट भएको थियो फायरिङ
डेली मेलको रिपोर्ट अनुसार दुई घरबीचको दुरी करिब ८०० फीटको छ । यी अपार्टमेन्टको बीचमा एक सानो जंगल पनि छ । केही मानिस सँगै मिलेर बन्दुकबाट गोली हानिरहेका थिए । एउटा गोली जंगलको बाटो हुँदै अर्को अपार्टमेन्टमा छिर्यो र म्याथ्युको मृत्युको कारण बन्यो ।
अमेरिकाको अटलान्टामा भयो घटनाः
डेली मेलको अनुसार यो घटना अमेरिकाको अटलान्टा, जर्जियाको हो । यद्यपि, केट त्यहाँकै बासिन्दा हुन् कि होइनन्, यसबारे जानकारी छैन । डा. म्याथ्युले २ वर्ष अघि जर्जिया स्टेट युनिभर्सिटीबाट आफ्नो पढाई पूरा गरेका थिए । उनका केही आफन्त पनि त्यो क्षेत्रमा भएको बताइन्छ ।
बेलायतमा साइन्टिफिक रिसर्चर थिए डा. म्याथ्युः
रिपोर्टका अनुसार डा. म्याथ्यु बेलायतमा एक पोस्टडक्टोरल साइन्टिफिक रिसर्चर थिए । उनी लण्डनको पश्चिमी इलाका चर्टसीमा बस्दथे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित