साउथ फिल्ममा यस्तो छ स्वस्तिमाको आइटम
नेपालमा छायाङ्कन भएको साउथ (दक्षिण भरतीय) फिल्म ‘थिरिमाली’ को आइटम गीत सार्वजनिक गरिएको छ । ‘रंग विरंगी रात फिरंगी’ बोल रहेको आइटम नेपाली अभिनेत्री स्वस्तिमा खड्काले कम्बर मर्काएकी छन् । गीतमा खड्का निकै बोल्ड देखिएकी छन् । उनी यस्तो बोल्ड अवतारमा पहिलो पटक देखिएकी हुन् ।
मलयालम भाषामा फिल्म निर्माण भएको बताइए पनि गीत हिन्दी भाषामा छ । बिजीपालको संगीत, तनिष्क नम्बरको शब्द रहेको गीतमा गायिका सुनिधि चौहानको स्वर छ । गीतमा काठमाडौंको दरबार स्क्वायरमा छायाङ्कन भएको हो । गीतमा नेपाली कोरोस डान्सर समेत रहेका छन् ।
राजीव शेट्टीको निर्देशन रहेको ‘थिरिमाली’ काठमाडौको अलवा पोखरा, लुक्ला लगायतका स्थानमा छायाङ्कन भएको हो । फिल्मले भारतबाट नेपाल आएका तीनजना साथीको कथा भन्ने निर्माण युनिटले जनाएको छ । हिन्दी, मलयालम, कन्नड, तमिल र तेलूगू भाषामा रिलिज हुने बताइएको फिल्ममा नेपाली कलाकार माओत्से गुरुङ र उमेश तामाङको अलवा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, सलिम कुमार, इनोसेन्ट, सोहन सीनुलाल, अन्ना राजन लगायतको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा