बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवा विकास बैंकको शाखा कार्यालय दुलेगौडामा स्थानान्तरण

आइतबार, ०९ माघ २०७८, १६ : ५४
आइतबार, ०९ माघ २०७८

कामना सेवा विकास बैंक लिमिटेडको शाखा कार्यालय दुलेगौंडा स्थानान्तरण गरिएको छ । तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं.८ ढोर फिर्दीको शाखा कार्यालय आइतबार दुलेगौडा वडा नं. ४ मा स्थानान्तरण गरिएको हो ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै शाखा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले र बलराम बरालले संयुक्त रुपमा उद्घाटन गरि सेवा सुरु गरिएको छ । 

यस बैंकले सामाजिक सञ्जाल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विभिन्न डिजिटल माध्यमबाट समेत सेवा प्रदान गर्दै आएको छ । बैंकको देशभर १२९ वटा शाखा, १ विस्तारित शाखा, १ शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम सुविधा छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप