पाँच दिनदेखि हराइरहेका भारतीय युवकलाई चिनियाँ सेनाले फेला पार्यो
अरुणाञ्चल प्रदेशबाट बेपत्ता भएका किशोरलाई चीनको जनमुक्ति सेनाले फेला पारेको भारतीय सेनाले दाबी गरेको छ । यसअघि १७ वर्षीय मिरम तरोनलाई चिनियाँ सेनाले अरुणाञ्चलको सियुंग्लाबाट अपहरण गरेको आरोप लगाइएको थियो ।
तेजपुरको डिफेन्स पीआरओका लेफ्टिनेन्ट कर्णेल हर्षवर्धन पाण्डेले आइतबार तरोन आफ्नो गाउँबाट बेपत्ता भएको र उनलाई पीएलएले फेला पारेको जानकारी दिए । चीनको सेनाले यसबारे आफूहरुलाई जानकारी दिएको र उनलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु गरिएको पनि उनले बताए ।
तरोन गत १८ जनवरीमा बेपत्ता भएका थिए । अरुणाञ्चल प्रदेशका सांसद तापिर गाओले चिनियाँ सेनामाथि उनको अपहरणको आरोप लगाएका थिए । उनले ट्वीट गर्दै चिनियाँ सेना भारतीय भूमिमा प्रवेश गरेर उनलाई अपहरण गरेको आरोप लगाएका थिए ।
तरोन बेपत्ता भएको सूचनापछि भारतीय सेनाले उनलाई खोज्नका लागि चिनियाँ पीएलएसँग सहयोग मागेको थियो । भारतीय सेनाले हटलाइनबाट चिनियाँ सेनासँग सम्पर्क गरेर यसबारे जानकारी दिएको थियो । -दैनिक भास्करबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी