संक्रमित घटे, १७ हजार वटा नमुना परीक्षण हुँदा ६ हजार ४६२ जनामा कोरोना पुष्टि
आइतबार, ०९ माघ २०७८, १६ : २६

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार २० हजार १८७ जनामा परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको थियो ।
यस्तै पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० पुगेका छन् ।
उपत्यकामा ३ हजार ७९१ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भने ३ हजार ७९१ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो । देशभर कोरोनाको औसत संक्रमण दर ४१.८ प्रतिशत रहेको मन्त्रालयले आइतबार जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ ढङ्गले मल कारखाना खोलिनेछ : प्रधानमन्त्री
-
संसदीय छानबिनलाई फेसन नबनाउ : प्रधानमन्त्री
-
मुलुक ग्रे लिस्टमा अघिल्लो सरकारका कारण परेको हो : प्रधानमन्त्री
-
भारत–पाकिस्तानपछि रुस–युक्रेनबिच युद्धविरामको संकेत
-
मानव जाति र धर्तीको समस्या समाधान गर्न सगरमाथा संवाद : प्रधानमन्त्री ओली
-
राजावादीले जेठ १५ गतेदेखिको आन्दोलनमा उपत्यकाबाहिरबाट आन्दोलनकारी ल्याउने