
अमेरिकाको क्यालिफोर्नियामा भीषण डढेलो, ८० किमी प्रतिघन्टाको रफ्तारमा चलेको हावाले झनै समस्या

अमेरिकाको क्यालिफोर्नियामा भीषण डढेलोले बिग सुर क्षेत्रको जंगललाई आफ्नो चपेटामा लिएको छ ।
आगो तीव्र वेगमा फैलिएकाले पुरै इलाकालाई खाली गराएर मुख्य सडकलाई समेत बन्द गरिएको छ । डढेलो शुक्रबारबाट लाग्न सुरु भएको थियो । यसपछि ८० कलिमिटर प्रति घन्टाको तेज हावाका कारण यो क्यालिफोर्नियाको समुद्री तट सम्म फैलिएको छ ।
क्यालिफोर्नियाको वन विभागका प्रवक्ता सेरिस जूलियटले डढेलोका कारण ६ किलोमिटर क्षेत्रको इलाकामा रुख जलेको बताइन् ।
तेज हावाका कारण डढेलो पनि तीव्र दरमा फैलिरहेको छ । कार्मेल र बिग सुरकाबीच कम जनसंख्या भएको क्षेत्रलाई खाली गराइएको छ ।
सरकारी र गैर सरकारी एनजीओ मिलेर डढेलोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ । हालसम्म ५ प्रतिशत आगो मात्रै नियन्त्रणमा लिइएको छ ।
उद्धारकार्यमा समस्या :
बिग सुरमा सन् २०१७ र गत वर्ष पनि ठूलो वर्षाका कारण सडक बगेको थियो । यसैबीच यहाँ निकै सावधानीका साथ काम भइरहेको छ । यसबाट राहत कार्यमा अझ धेरै समय लागेको छ । यद्यपि पछिल्लो समयमा आएर हावा चल्न बन्द भएको छ । यसले अग्नी नियन्त्रकहरुलाई सहयोग भएको छ ।
क्यालिफोर्नियाको सोनोम काउन्टीमा अग्नी नियन्त्रकहरुले ५ एकर जमिनमा लागेको डढेलो निभाएका छन् । तर सिएरा नेवादा र किर्कवुड माउन्टेन रिसोर्टमा २२६ किमी रफ्तार प्रतिघन्टाको दरमा हावा चलिरहेको छ । यसले यहाँ डढेलो नियन्त्रण गर्नमा समस्या देखिएको छ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ