कोटेश्वरबाट पठाओ राइडरलाई अपहरण गरेर मोटरसाईकल लुटपाट

काठमाडौंको कोटेश्वरबाट गएराति पठाओ राइडरलाई अपहरण गरेर अपरिचित युवाहरुले मोटरसाइकल लुटेका छन् । अपहणकारीले कोटेश्वरबाट ललितपुरको धापाखेलस्थित आँखादहमा लगेर राइडर प्रविन राईको हाँतखुट्टा तथा मुखमा टेप बाँधेर बागमती प्रदेश ०२-०१-००१ प ११६६ नम्बरको मोटरसाइकल लुटेका हुन् । राइडर राई उदयपुर गाइघाट निवासी हुन् ।
लुटमा संलग्न दुईजनालाई कलंकीबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले रातोपाटीलाई बताए । महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी दिनेश घिमिरे नेतृत्वको टोलीले आरोपीहरुलाई मोटरसाइकल बेच्न लागेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा २१ वर्षीय सुमन तामाङ र मीनराज राई रहेका छन् ।
गएराति १२ बजे तामाङ कोटेश्वरबाट पठाओ चढेर गएका थिए । उनले साथी मीनराजलाई धापाखेलमा बोलाएर योजनाबद्ध रुपमा लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । धापाखेलस्थित एकान्त ठाउँमा लगेपछि आरोपीहरुले राइडरको हातखुट्टा डोरीले र मुखमा टेप बाँधेर बोल्न नसक्ने बनाएर छाडेका थिए ।
बन्धक बनाएर उनीहरुले राइडर राईको साथमा रहेको ८ हजार नगद, मोटरसाइकल , मोबाइल, मोटरसाइकलको ब्लुबुक लुटेका थिए । पक्राउ परेका तामाङ र राईबाट लुटिएका सामान बरामद गरी पीडित राईलाई फिर्ता गरिएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटस’ जारी गर्न पत्राचार
-
‘महाभोज’ सहकारी पीडित जनताको कथा हो : दयाहाङ राई
-
एक साता भित्रै मन्त्री छान्ने काम पूरा हुन्छ : घनश्याम चौधरी
-
जलवायु संकट समाधानका लागि लोमन्थाङ घोषणापत्र जारी
-
लोकसेवा आयोगतर्फका वकिलको जिकिर : ५२ संवैधानिक नियुक्तिमध्ये पछिल्ला २० जनाको नियुक्ति वैध छ
-
न्याय परिषद् नियमावली संशोधन खारेज गर्न र घिमिरेको अवहेलना मुद्दा छिटो टुङ्गाउन बारको आग्रह