कोटेश्वरबाट पठाओ राइडरलाई अपहरण गरेर मोटरसाईकल लुटपाट
काठमाडौंको कोटेश्वरबाट गएराति पठाओ राइडरलाई अपहरण गरेर अपरिचित युवाहरुले मोटरसाइकल लुटेका छन् । अपहणकारीले कोटेश्वरबाट ललितपुरको धापाखेलस्थित आँखादहमा लगेर राइडर प्रविन राईको हाँतखुट्टा तथा मुखमा टेप बाँधेर बागमती प्रदेश ०२-०१-००१ प ११६६ नम्बरको मोटरसाइकल लुटेका हुन् । राइडर राई उदयपुर गाइघाट निवासी हुन् ।
लुटमा संलग्न दुईजनालाई कलंकीबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले रातोपाटीलाई बताए । महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी दिनेश घिमिरे नेतृत्वको टोलीले आरोपीहरुलाई मोटरसाइकल बेच्न लागेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा २१ वर्षीय सुमन तामाङ र मीनराज राई रहेका छन् ।
गएराति १२ बजे तामाङ कोटेश्वरबाट पठाओ चढेर गएका थिए । उनले साथी मीनराजलाई धापाखेलमा बोलाएर योजनाबद्ध रुपमा लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । धापाखेलस्थित एकान्त ठाउँमा लगेपछि आरोपीहरुले राइडरको हातखुट्टा डोरीले र मुखमा टेप बाँधेर बोल्न नसक्ने बनाएर छाडेका थिए ।
बन्धक बनाएर उनीहरुले राइडर राईको साथमा रहेको ८ हजार नगद, मोटरसाइकल , मोबाइल, मोटरसाइकलको ब्लुबुक लुटेका थिए । पक्राउ परेका तामाङ र राईबाट लुटिएका सामान बरामद गरी पीडित राईलाई फिर्ता गरिएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण