निर्वाचनबारे सत्ता गठबन्धन र कानुनविद्बीच छलफल हुँदै

सत्तारुढ गठबन्धनले वरिष्ठ कानुनविद्सँग निर्वाचनका सन्दर्भमा छलफल गर्न लागेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे गठबन्धनका शीर्ष नेता र कानुनविद् बीच छलफल हुन् लागेको हो ।
नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले सत्तारुढ पाँच दलका शीर्ष पाँच नेताले निर्वाचनका सन्दर्भमा कानुनविद्सँग राय लिन लागेको बताए । उनले भने, ‘स्थानीय सरकारको समयावधि र तीनै तहको निर्वाचन एकै पटक गर्ने सन्दर्भमा कानुनविद्सँग छलफल गर्न लागिएको हो ।’ शुक्रबार बसेको गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले निर्वाचनका सन्दर्भमा कानुनविद्सँग छलफल गर्ने निर्णय गरेको थियो ।
तीन चरणमा सम्पन्न स्थानीय तहको समयावधि वैशाख ३१, जेठ १४ र असोज २ मध्ये कसलाई भन्ने भन्नेमा विवाद छ । गठबन्धनका नेताहरुले असोज २ लाई समयावधि भन्नुपर्ने तर्क राखेको पाइन्छ भने विपक्षी एमाले वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने पक्षमा छ । तर गठबन्धनभित्र आगामी मंसिरतिर तीनै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त हुने विषयमा छलफल सुरु भएको छ । यस विषयमा गठबन्धनले कानुनविद्सँग छलफल गरेर निर्णयमा पुग्ने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–पाकिस्तानपछि रुस–युक्रेनबिच युद्धविरामको संकेत
-
मानव जाति र धर्तीको समस्या समाधान गर्न सगरमाथा संवाद : प्रधानमन्त्री ओली
-
राजावादीले जेठ १५ गतेदेखिको आन्दोलनमा उपत्यकाबाहिरबाट आन्दोलनकारी ल्याउने
-
भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन
-
तीनकुनेको प्रदर्शन : कतिजना हिरासतमा छन्, को-को छुटे ?
-
ध्यानु र सोवर्णी गाईका स्वभाव, जसले मलाई मानिसको प्रवृत्ति बुझ्न प्रेरित गरे