५ सय सापटी लिएर व्यापार सुरु गरेका खरेल यसरी भए ‘सुन्तलावाला’

गुल्मीको मुसिकोट नगरपालिका–९ का ३२ वर्षीय सुदन खरेललाई धेरैले आसपासका धेरैले ‘सुन्तलावाला’ भनेर चिन्छन् । सामान्य किसान परिवारमा जन्मिएका उनी सुनौलो भविष्य देखेर १२ वर्ष अघि सुन्तला व्यापारमा लागेको बताउँछन् ।
पढेर कोही सरकारी जागिर, कोही विदेश जाने सोच बनाउँछन् तर उनले १२ कक्षा सकेर सुन्तलाको व्यापार रोजे । ‘जतिबेला मसँग पैसा थिएन, त्यो बेला छिमेकीसँग ५ सयको उधारो सुन्तला किनेर बाग्लुङको हटिया हुँदै वुर्तिबाङ्गसम्म बेच्न हिडेँ । आएको नाफालाई जोगाएर लगानी थप्दै आफ्नै पूँजी जम्मा गरेँ ।’
अर्काको सुन्तला किन्ने र त्यही बेचेरमात्रै हुँदैन भन्ने सोच आए पछि कोदो, मकै खेती गर्दै आएको आफ्नो बारीमा सुन्तलाको बिरुवा रोपेको उनले सुनाए । ‘त्योसँगै बेसार खेती पनि गरियो । अहिले कोदो मकैको दशौं गुना आम्दानी सुन्तला र बेसारले दिएको छ,’ उनले भने ।
उनको बारीमा ३ सय ५० वटा सुन्तलाका बोट छन् । ती बोटबाट यस वर्ष ४ क्विन्टल ८५ किलो सुन्तला उत्पादन भएको उनी बताउँछन् ।
उनले घरमै कोल्ड स्टोर बनाएका छन् । जसले गर्दा उनले खरिद गरेर सिजन मै बिक्री हुन नसकेका सुन्तलाहरु खेर जाँदैनन् । उनी वैशाख महिनासम्म कोल्ट स्टोरमा राखेका सुन्तला बिक्री गर्छन् ।
यस वर्षको मंसिर १२ गतेदेखि सुरु गरेको सुन्तला कारोवार अहिलेसम्म १२ करोड रुपैयाँभन्दा बढी कमाएको उनको भनाइ छ । यही सिजनभित्र कम्तीमा १५ करोडको कारोबार हुने उनको ठम्याई छ ।
उनले गुल्मी, बाग्लुङ, स्याङ्जा, तनहुँ, प्युठान, सल्यान, रुकुम, कैलाली, डोटी लगायतका १४ जिल्लामा सुन्तला खरिद र बिक्री गर्छन् ।
उनी भन्छन्, ‘माहिलो दाजु लामो समयदेखि जापान हुनुहुन्छ । जेठा दाजु सरकारी शिक्षकबाट बेतलवी बिदा लिएर कोरिया जानु भएको थियो । त्यहाँबाट आएर उहाँ फेरि शिक्षण पेशा मै फर्किनु भएको छ । यहाँ मेरो घरै बसीबसीको कमाई देखेर उहाँहरु छक्क पर्नुहुन्छ ।’
एउटै व्यवसायमा निरन्तर लागि रहे विदेशको भन्दा कैयौं गुना आम्दानी स्वदेश मै गर्न सकिने उनको अनुभव छ । गाउँमै दुई तले पक्की घर बनाएका उनले डोकोबाट थालेको सुन्तला व्यापारलाई ट्रकसम्म पु¥याएका छन् ।
उनको घर रहेको ददल्का गाउँलाई ठुला र रसिला दाना भएको सुन्तलाको गाउँ भनेर चिनिन्छ । बुढापाकाहरुले घरमै खानका लागि घर छेउछाउमा सुन्तलाका बोट हुर्काए पनि सुदनले झैं ठुलो परिमाणमा कसैले व्यावसायिक खेती गरेका थिएनन् ।
ददल्लका गाउँमा मोटरबाटो पुगे लगत्तै त्यस गाउँको सुन्तला लगायत हरेक कृषि उत्पादनले बाहिरी बजार पाउन थालेको छ । आफूले यतिका वर्षदेखि सुन्तला खेती गर्दै आए पनि सरकारी स्तरबाट कुनै अनुदान र सहयोग नपाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा पुगेर प्रचण्डको ओली लक्षित टिप्पणी– हिजो विद्रोहको प्रतीक रहेको झापाबाट आज प्रतिक्रान्तिको खतरा देखियो
-
सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ
-
चम्किला ज्याकेट लगाएका मान्छेको सडकमा आतंक
-
माछापुच्छ्रेमा क्रसरले तिरेनन् ४९ करोड, पालिकामा रेकर्ड न राजश्व
-
सुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी
-
पशुपति आइपुगे नागाबाबाहरू (तस्बिरमा हेर्नुहोस्)