बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

नेप्सेमा दोहोरो अंकको गिरावट, भयो सात अर्बको कारोबार

आइतबार, ०९ माघ २०७८, १५ : २२
आइतबार, ०९ माघ २०७८

आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार नेप्से सूचक १०.८३ अंकले घट्दै २९ सय २०.५१ विन्दुमा ओर्लिएको हो ।  तर, आज यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने स्थिर जस्तै रहँदै ०.०६ प्रतिशतले मात्र वृद्धि हुँदै ५८३.८० विन्दुमा अडिएको छ । 

यस दिन जीवन बीमा, निर्जीवन बीमा, म्युचुअल फन्ड र म्यानु एण्ड प्रो बाहेकका सबै जसो उपसूचकहरु ऋणात्मक भएका छन् ।  यद्यपि, १० अंक माथिले घटेको बजारमा आज ७ अर्ब माथिको कारोबार भएको छ । 

नेप्सेका अनुसार आज एक करोड ४७ लाख कित्ता माथिको सेयर बजारमा ८७ हजार भन्दा बढी पटक किनबेच हुँदा ७ अर्ब तीन करोड पाँच लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  गत हप्ताको बिहीबार ३२ अंक माथिले घटेको बजारमा ५ अर्ब ७७ करोड ३१ लाख रुपैयाँको कारोबार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप