नेप्सेमा दोहोरो अंकको गिरावट, भयो सात अर्बको कारोबार

आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार नेप्से सूचक १०.८३ अंकले घट्दै २९ सय २०.५१ विन्दुमा ओर्लिएको हो । तर, आज यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने स्थिर जस्तै रहँदै ०.०६ प्रतिशतले मात्र वृद्धि हुँदै ५८३.८० विन्दुमा अडिएको छ ।
यस दिन जीवन बीमा, निर्जीवन बीमा, म्युचुअल फन्ड र म्यानु एण्ड प्रो बाहेकका सबै जसो उपसूचकहरु ऋणात्मक भएका छन् । यद्यपि, १० अंक माथिले घटेको बजारमा आज ७ अर्ब माथिको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज एक करोड ४७ लाख कित्ता माथिको सेयर बजारमा ८७ हजार भन्दा बढी पटक किनबेच हुँदा ७ अर्ब तीन करोड पाँच लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत हप्ताको बिहीबार ३२ अंक माथिले घटेको बजारमा ५ अर्ब ७७ करोड ३१ लाख रुपैयाँको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिजा भण्डारीका दुई मुक्तक
-
भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्छौँ : प्रधानमन्त्री
-
प्रधानमन्त्रीलाई सुवालको प्रश्न : ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारमा जाने भर्याङ मात्र हो ?
-
हेटौँडामा युवा सम्मेलन सुरू
-
नयाँ ढङ्गले मल कारखाना खोलिनेछ : प्रधानमन्त्री
-
संसदीय छानबिनलाई फेसन नबनाउ : प्रधानमन्त्री