सिटामोल अभाव भएपछि जुम्लाका औषधि पसलमा अनुगमन
जुम्ला सदरमुकाम खलङ्गा बजारमा सञ्चालित औषधि पसलमा सिटामोल अभाव भएपछि जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गरेको छ । देशभर कोरोना सङ्क्रमणसँगै रुघाखोकीका बिरामी बढेपछि सिटामोल अभाव चुलिएको छ ।
जिल्लामा पनि सिटामोल अभाव भएपछि सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल नेतृत्वको टोलीले यहाँका मेडिकल तथा फार्मेसीमा अनुगमन गर्दा २६ हजार ट्याब्लेट सिटामोल भेटिएको छ ।
जनस्वास्थ्य कार्यालय जुम्लाको स्टोरमा दुई हजार ५०० ट्याब्लेट मौज्दात छ । स्टोर प्रमुख हरि बुढाले भने, “१५ हजार ट्याब्लेट यहाँका आठवटै स्थानीय तहमा पठाएका छौँ ।” जुम्लामा खासै सिटामोल अभाव नहुने स्टोर प्रमुख बुढाले बताए ।
यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा सिटामोल र डिकोल्ड अनुगमनका क्रममा नभेटिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताइन् ।
प्रतिष्ठानले निःशुल्क औषधि वितरण गर्ने क्लिनिकमा २० हजार ट्याब्लेट सिटामोल मौज्दात भएको जानकारी प्राप्त भए पनि फार्मेसीमा भने सिटामोल र डिकोल्ड भेटिएन । फार्मेसीमा अहिले सिटामोल र डिकोल्ड नभए पनि खरिद गरिएको औषधि चाँडै आउने प्रतिष्ठानले जानकारी दिएको सहायक प्रजिअ रिजालले बताइन् । प्रत्येक मेडिकल, अस्पतालका फार्मेसी र जनस्वास्थ्य कार्यालयका स्टोर अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिरफूल’ ७ असारमा प्रदर्शनमा आउने
-
लघुवित्तका कर्मचारीलाई तर्साउने धम्काउने नगर्न वित्तीय संगठनहरुको चेतावनी
-
एप्पलले घटायो आइफोनको मूल्य
-
छत्तीसगढमा पिकअप गाडी पल्टिँदा १८ जनाको मृत्यु
-
नेतान्याहु र हमासका शीर्ष नेताको नाममा पक्राउ पुर्जी जारी गर्न माग
-
तस्बिरमा हेर्नुहोस् पाटन क्षेत्रमा पूर्वराजाको धार्मिक यात्रा