राष्ट्रियसभा निर्वाचन : आज मध्यरातदेखि मौन अवधि सुरु हुने, के–के गर्न पाइँदैन ?
राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि आइतबार राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुने भएको छ । राष्ट्रियसभा निर्वाचन माघ १२ गते बुधबार हुँदैछ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन भने मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने छ ।
यस्तै एस.एम.एस, फेसवुक, भाईवर जस्ता बिद्युतीय माध्यम प्रयोग गरेर मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने भन्दै आयोगले उल्लिखित आचरणहरु पालना गर्न गराउनका लागि सबैसँग अनुरोध गरेको छ ।
यसैगरी निर्वाचन प्रयोजनका लागि मतदाताले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न पाउने व्यवस्था गरेको आयोगले त्यसका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण