एम्बाप्पेलाई इब्राहिमोविचको सुझाव : रियल जाऊ
ज्लाटान इब्राहिमोविचले किलियान एम्बाप्पेलाई पेरिस सेन्ट जर्मेन छाडेर रियल म्याड्रिड जान सुझाव दिएको खुलासा गरेका छन् । एम्बाप्पेले आफूसँग करियरको बारेमा सुझाव मागेको बताउँदै ज्लाटानले सो सुझाव दिएको बताएका हुन् ।
पीएसजीसँग एम्बाप्पे यो सिजनको अन्त्यमा करार अन्त्य हुँदैछ । तर हालसम्म एम्बाप्पेले आफ्नो भविष्यको बारेमा ठोस निर्णय भने लिइसकेका छैनन् । उनी आगामी सिजन रियल आउन सक्ने ठूलो चर्चा रहेको छ ।
किलियानले मात्र उनी कहाँ जानेछन् भन्ने उत्तर दिन सक्छन् । यो कुरा उनी के चाहन्छन् र के सोच्छन् भन्नेमा निर्भर हुन्छ, एल एक्युपेसँग कुराकानी गर्दै ज्लाटानले भने, यदि म किलयान भएको भए जान्थे । तर, यदि म पीएजसी भएको भए उनलाई राख्न खोज्थे । पीएसजी वास्तवमा उनी बसोस् भन्ने चाहन्छ । तर के उनी त्यहाँ बस्न चाहन्छन् ?
अन्य क्लबहरुले पनि उनलाई अनुबन्ध गर्न चाहन्छन् । उनले मलाई सोधेका थिए र मैले उनलाई भने यदि म तिमी भएको भए, म रियल जान्थेँ, ज्लाटानले भने । आफूले करियरमा विभिन्न देशका विभिन्न टीममा खेल्न पाएको उल्लेख गर्दै उनले थपे, ‘यसरी नै मैले सिके र आफूलाई अघि बढाए । घरमा नै करियर भर खेल्दा सजिलो हुन्छ । तर यदि तपाईं झोला बोकेर नयाँ ठाउँ जानुभयो भने त्यो रोचक यात्रा हुन्छ ।’ -गोल डटकम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना प्रहरी नायव उपरीक्षक प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम