ज्योति लाइफ इन्स्योरेन्सको लाभांश परिमार्जन, कम्पनीले अब १० प्रतिशत बोनस सेयर दिने
ज्योति लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश परिमार्जन भएको छ । कम्पनीले यसअघि प्रस्ताव गरेको बोनस सेयरसहित नगद लाभांशको परिमाण परिमार्जन गरेको हो । योसँगै अब कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोबापत लाग्ने कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
यसअघि कम्पनीले चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ५.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर, बीमा समितिले उक्त लाभांश परिमार्जन गर्न निर्देशन दिएसँगै कम्पनीले नगदलाई भन्दा बोनस सेयरलाई प्राथमिकता दिँदै लाभांश परिमार्जन गरेको हो ।
परिमार्जित लाभांश बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ । चार वर्षअघि जीवन बीमा कम्पनीको रुपमा स्थापित कम्पनीले पहिलो पटक लाभांश घोषणा वितरण गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक