शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अज्ञानताको सीमा पहिचान गर्नु नै असली ज्ञान हो

आइतबार, ०९ माघ २०७८, १२ : १३
आइतबार, ०९ माघ २०७८

१, संसारमा अहङ्कारभन्दा ठूलो शत्रु अरू केही हुँदैन । इतिहासमा एकसेएक मैहुँ भन्ने राजामाहाराजहरू समेत यसैका कारण पतन भएर गएका छन् । तीमध्ये कतिको नामसम्म सुनिन्छ कतिको त नामोनिसानै छैन । महर्षि वाल्मीकि

२, शान्ति र सद्भावको विजयलाई नै सही विजय मान्न सकिन्छ । असत्य र अन्यायले पनि विजय गर्न त सकिन्छ तर त्यो क्षणिक हुन्छ । जब समय आउँछ तब कुन काँच हो र कुन हीरा हो भन्ने आफैँ छुटिन्छ । भीमनिधि तिवारी

३, गर्ने मानिस र गर्न खोज्ने मानिसलाई समयको अभाव हुँदैन । समय छैन र पुगेन भन्नु भनेको जिम्मेवारीबाट भाग्ने वाहाना बाहेक केही होइन । वास्तवमा सँधै समय छैन र पुगेन भन्नेहरू व्यस्त होइन अस्तव्यस्त भइरहेका हुन्छन् । स्वामी विवेकानन्द

४, आफ्नो अज्ञानताको सीमा पहिचान गर्नु नै असली ज्ञान हो । जहाँ पुगेर मानिसले आज्ञाता बोध गर्छ त्यही बिन्दुबाट ज्ञानको उदय हुन्छ । चिनिया दार्शनिक कन्फ्युसियस

५, सन्मार्गमा लाग्न चाहनेहरूले तत्कालै उपलब्धि हासिल भएन भनेर आत्तिनुहुँदैन । किनकि राम्रो कुराले असर गर्न बेर लाग्छ । जसरी घर बनाउन बेर लाग्छ तर भत्काउन बेर लाग्दैन त्यसैगरी राम्रो कुराको असर पर्न बेर लाग्छ तर खराब कुराको असर भने तत्कालै परिरहेको हुन्छ । महात्मा गान्धी

६, सुख चाहनेले आपूmलाई सदैव सन्तुष्ट राख्ने प्रयास गर्नुपर्छ । असन्तुष्ट मानिस संसारभरीकै सम्पत्ति पाए पनि सुखी रहन सक्दैन तर सन्तुष्ट मानिस सानै चीजबाट पनि खुसी भइरहेका हुन्छन् । गौतम बुद्ध

७, धनलाई शासकको योग्यता मान्नु र बनाउनुहुँदैन । अन्यथा राजनीतिक पदको बाँडफाँड धनको आधारमा हुन पुग्छ र गरीव जनताले कहिले पनि शासन सत्तामा सहभागिता जनाउने अवसर पाउँदैनन् । प्लेटो

८, यही संसारमा यस्ता मानिस पनि छन्, जो आफूसँग सबै चीज छ भन्छन् यथार्थमा केही पनि हुँदैन । अनि यही संसंसारमा यस्ता मानिस पनि छन्, जो आफूँसँग केही पनि छैन भन्छन् उनीहरूसित धेरै चीज रहेका हुन्छन् । जिसस क्राइष्ट

९, मैले भेट्ने प्रत्येक मानिस मभन्दा ठूला र जान्ने छन् । त्यसैले त सबैसित केही न केही सिकेकै हुन्छु । इमर्सन​​

१०, नम्रता नै ज्ञानको जग हो । जसले सबै जानेको छु भन्ने गरेको छ उसले केही पनि जानेकै हुँदैन । बालकृष्ण सम

११, असफलता नै सफताको आधारभूमि हो । जसले हुन्न र सकिन्न भन्ने गरेको छ उसले केही पनि गर्न सक्दैन तर हुन्छ र सकिन्छ भनेर हिम्मत जुटाउनेहरूले केही न केही पक्कै गरेका हुन्छन् । संस्कृत सूक्ति

१२, परोपकारभन्दा ठूलो पुन्य र परपीडनभन्दा ठूलो पाप अर्को केही छैन । महर्षि वेदव्यास

१३, कर्मकुशलता नै योग हो र योभन्दा ठूलो योग अर्को छँदा पनि छैन । अन्य योगले पनि फाइदा त गर्छ तर त्यो एकपक्षीय हुन्छ तर कर्मयोगको फाइदा भने सर्वपक्षीय हुन्छ, हुन पुगिरहेको हुन्छ । गीता

१४, अरूबाट सहयोगको अपेक्षा गर्ने हो भने सके आफूमा अरूलाई देख्न सक्नुपर्छ नभए अरूमा आफूलाई देखे पनि हुन्छ । गीता 

स्रोत- विभिन्न पत्रपत्रिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप