शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा डोजरले पल्टाएको ढुंगा बोलेरोमाथि खस्यो, ३ जनाको मृत्यु

आइतबार, ०९ माघ २०७८, ११ : ५९
आइतबार, ०९ माघ २०७८

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ नारायणस्थानस्थित डोजरले पहाड सम्याउँदा  खसेको ढुंगाले गुँडिरेहेको बोलेरोलाई किचेको छ । करिब डेढ सय मिटर माथिबाट झरेको ढुंगाले किचेर बोलेरोमा सवार ३ जनाको मृत्यु भएको ओखलढुंगाका डिएसपी गोविन्द काफ्लेले रातोपाटीलाई बताए ।

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१ घर भएका युषक कोइराला, युनिषा कोइराला र मानेभञ्ज्याङ गाउँपालिका–१ घर भएका हेम बहादुर मगर छन् । निशंखे भञ्ज्याङबाट सदरमुकाम आउँदै गरेको को १ज ३५६९ नम्बरको बोलेरोमा ६ जना सवार थिए । दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । घाइते दुईजनालाई उपचारका लागी काठमाडौं पठाइएको र एकजनाको ओखलढुंगा स्थित मिसन अस्पतालमा उपचार भइरहेको डिएसपी काफ्लेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप