एनआइसी एसिया लघुवित्तको नाफा १२२ प्रतिशतले वृद्धि
एनआइसी एसिया लघुवित्तको नाफा अधिकतम १२२ प्रतिशतले वृद्धि भएको छ । लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्म अघिल्लो वर्षको भन्दा १२२.०८ प्रतिशतले नाफा वृद्धि गर्दै कुल ३५ करोड ४८ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
अघिल्लो वर्षको यसै अवधिमा लघुवित्तले जम्मा १५ करोड ९७ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै समीक्षा अवधिमा कम्पनीले ब्याज आम्दानी ९०.१२ प्रतिशतले र सञ्चालन नाफा १८३.७३ प्रतिशतले वृद्धि गरेको छ ।
यता, खुद नाफामा उच्च सुधार भएका कारण लघुवित्तको प्रतिसेयर आम्दानी पनि १९ रुपैयाँ १८ पैसाले बढेर ४० रुपैयाँ ७७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ४३ पैसा छ । बचत कोषमा पनि कम्पनीले आकर्षक सुधार गरेको छ । रिजर्भ कोष १७१.१६ प्रतिशतले बढेर १ अर्ब १९ करोड ५ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनै तहका सरकारबिच सहकार्य आवश्यक : मुख्यमन्त्री कार्की
-
सीबीआईएलको प्रमुख कार्यकारी अधिकृतमा अर्याल नियुक्त
-
१० बजे १० समाचार : प्रधानमन्त्रीको चीन भ्रमणमा जम्बो टोलीदेखि रवि लामिछाने ४१ दिनपछि काठमाडौँमासम्म
-
झापामा उत्पादित इँटा पहिलोपटक भारत निर्यात
-
नाष्टको ४८औँ प्राज्ञसभा : १२ विधामा पुरस्कृत गरिने
-
रसुवामा आगलागी हुँदा तीन घर जलेर नष्ट