ओलीमा कोरोना भएपछि एमालेको पत्रकार सम्मेलन स्थगित
आइतबार, ०९ माघ २०७८, ११ : २२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा कोरोना संक्रमण पुष्टि भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । दिउँसो १ बजे पार्टी कार्यालयमा उपस्थित भएर ओलीले पत्रकार सम्मेलन गर्ने भनिएको थियो ।
तर ओलीमा संक्रमण पुष्टि भएसँगै देशको वर्तमान राजनीतिक अवस्थाबारे प्रेस विज्ञप्तिमार्फत पार्टीको धारणा सार्वजनिक गर्ने तयारी भएको छ। ओलीको सचिवालयका अनुसार आजै प्रेस विज्ञप्तिमार्फत पार्टीको धारणा सार्वजनिक गर्ने तयारी भएको छ ।
शनिबार एन्टिजेन परीक्षणका क्रममा ओलीमा पोजेटिभ रिपोर्ट आएको थियो । त्यसपछि पीसीआर परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ नै आएको थियो । हाल उनी बालकोटस्थित निवासमै आइसोलेशनमा रहेका छन् ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधारका सबै परियोजना पुनःप्राथमिकीकरण : प्रधानमन्त्री
-
विद्यालय शिक्षा र निजामती सेवासहित ६ विधेयक पास गर्ने सरकारको योजना
-
नीति तथा कार्यक्रमबारे प्रभु साहको टिप्पणी : यो त डायबिटिजको बिरामीलाई मिठाई खुवाएजस्तै हो
-
कुलिङ पिरियडको अवधि र सेवाको उमेर हदमा देखिएको मतान्तरलाई सहमतिबाट टुङ्ग्याउँछौँ : गृहमन्त्री लेखक
-
नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको जवाफ : व्यवसायको इकोसिस्टम नयाँ नीति (पूर्णपाठ)
-
अक्षतराज पौडेलको नाममा लेखियो सबैभन्दा कम उमेरमा मादल बजाउने कीर्तिमान