ओलीमा कोरोना भएपछि एमालेको पत्रकार सम्मेलन स्थगित
आइतबार, ०९ माघ २०७८, ११ : २२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा कोरोना संक्रमण पुष्टि भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । दिउँसो १ बजे पार्टी कार्यालयमा उपस्थित भएर ओलीले पत्रकार सम्मेलन गर्ने भनिएको थियो ।
तर ओलीमा संक्रमण पुष्टि भएसँगै देशको वर्तमान राजनीतिक अवस्थाबारे प्रेस विज्ञप्तिमार्फत पार्टीको धारणा सार्वजनिक गर्ने तयारी भएको छ। ओलीको सचिवालयका अनुसार आजै प्रेस विज्ञप्तिमार्फत पार्टीको धारणा सार्वजनिक गर्ने तयारी भएको छ ।
शनिबार एन्टिजेन परीक्षणका क्रममा ओलीमा पोजेटिभ रिपोर्ट आएको थियो । त्यसपछि पीसीआर परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ नै आएको थियो । हाल उनी बालकोटस्थित निवासमै आइसोलेशनमा रहेका छन् ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
