सर्प्राइजले भरिएको सैलुङ !
![सर्प्राइजले भरिएको सैलुङ !](https://rpcdn.ratopati.com/media/albums/SUB_Shailung-1_S6SBLIz9DD.jpg)
काठमाडौँबाट करिब १२० किलोमिटरको दुरीमा छ सय आठ थुम्काबाट बनेको दोलखाको धार्मिक एवं पर्यटकीय स्थल सैलुङ । हिमशृङ्खला अवलोकन र हिउँ खेल्न चाहने जो कोहीको लागि पनि सप्राइजले भरिपूर्ण ३ हजार १४६ मिटर उचाइमा दोलखा र रामेछापको सीमानामै पर्ने सैलुङ एक उपयुक्त गन्तव्य हुन सक्छ ।
महाभारत पर्वत शृङ्खलाको अग्लो ठाउँको रूपमा चिनिएको सैलुङको मौसमको पूर्वानुमान गर्न अलिक कठिन नै छ । जाडो याममा आज दिउँसो पारिलो घाम लागिरहँदा भोली बिहान हिउँ पर्न सक्ने अनुमान गर्न गाह्रै पर्छ ।
अझ यहाँका बासिन्दाका अनुसार सैलुङले समय अनुसार आफ्नो रूप परिवर्तन गरिरहन्छ । यो वर्ष देखिएको सैलुङको दृश्य केही समयको अन्तरालमा आउँदा अघिल्लो पटक भन्दा पनि फरक हुने गरेको दाबी स्थानीयहरू गर्छन् ।
बिहानसम्म देखिएको धौलागिरि, अन्नपूर्ण, मनास्लु, गणेश, लाङ्टाङ, गौरीशङ्कर हिमाल कति बेला बादलको घुम्टो ओढ्छन् र कतिबेला मुस्कुराउँछन् भन्ने पत्तो नै पाइँदैन । हिमाल हाँसिरहेको बेला अग्र भूमिमा देखिने दोलखा सदरमुकाम चरिकोट बजारमा रहेका घरका टिनमा पर्ने घामका किरण टल्किँदाको दृश्य अझ मनमोहक लाग्छ ।
कालापानीसम्मको गाडीको यात्रा र २० २५ मिनेटको खुड्किलो चढ्नासाथ पुगिने सैलुङको पहिलो थुम्कोले जोकोहीलाई पनि आफ्नो मनमोहक दृश्यले स्वागत गर्छ । यहाँ चलिआएको विश्वास अनुसार कलियुग सुरु हुनै लाग्दा तपस्या गरिरहेका ऋषिमुनीहरु पाप देख्न नपरोस् भन्नको लागि नै विलीन भएको र ऋषितपोभूमिमा थुम्का उत्पन्न भएको कथन रहेको छ ।
कसरी जाने त सैलुङ ?
गाडी रिजर्भ गरेर वा जडिबुटीबाट छुट्ने ठुलो सैलुङको बस चढेर थुम्कै थुम्काको राजधानीको रूपमा चिनिएको सैलुङ जान सकिन्छ । ८ सय ६२ मिटरको उचाइमा रहेको खाडीचौरबाट उकालो सुरु भएसँगै पिच बाटो सकिएर कच्ची बाटोको सुरुवात हुन्छ जुन आलुको राजधानीको रूपमा चिनिएको मुढे हुँदै सैलुङसम्म पुग्छ ।
तर बाटो राम्रो नभएको कारण माथि कालोपानी सम्म बाटो हुँदा हुँदै पनि गाडीले ढुंगेबजार सम्ममात्र छोडदिन्छ। ढुङ्गे बजारमा नै बस्ती भएको कारणले गर्दा होटेल त्यहीँ बढी छ। ढुङ्गे बाट केही समय उकालो हिँडिसके पछि कालोपानी पुगिन्छ ।
कालोपानी सम्म जाँदा बीच बाटोमा रमाइलो दृश्य देखिन्छ । जाडो मौसममा आलु रोप्न उपयुक्त हुने भएकोले गर्दा स्थानीयहरू आफ्नो बारीमा आलु रोपिरहेका देखिन्छन् । अझ बाटोमा केही हप्ता अघि परेको हिउँका अवशेषले उचाइ बढ्दै गएको संकेत दिइरहन्थे ।
बास बस्नको लागि कालोपानीमा भने सीमित होटेल छन् । त्यो भन्दा माथि पर्ने सैलुङमा भने होटल छैनन् । एक छिनको आराम पछि कालोपानीमा रहेको नै गुप्तेश्वर महादेवको गुफा घुम्न सकिन्छ । यसका अलावा ठुलो सैलुङ महादेव, राजभिर गुम्बा तथा गौश्वारामा रहेको सैलुङेश्वर महादेवको गुफा, हुँदै दोम्बाको अग्लेश्वरी, खाँडादेवीमा रहेको ऐतिहासिक खाँडादेवी मन्दिरको दर्शन गरी सिन्धुलीको दुम्जामा रहेको कुशेश्वर महादेवको दर्शन गरेर काठमाडौँ फर्कन सकिन्छ । यो मार्गको यात्रा पदयात्रीका लागि डडुवा, दोरम्बा, खाँडादेवी लगायतका स्थानमा होमस्टे पनि बनाइएका छन् । प्रचुर पर्यटकीय सम्भाव्यता बोकेको भए पनि सैलुङ अझै पनि पर्यटकको रोजाइमा भने पर्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन