बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

६ महिनामै १० खर्बको सामान भित्रियो

आइतबार, ०९ माघ २०७८, १० : ४६
आइतबार, ०९ माघ २०७८

पछिल्लो ६ महिनामा विदेशबाट १० खर्ब रुपैयाँको वस्तु आयात भएको छ । चालू आर्थिक वर्ष २०७८/७९ को साउनदेखि पुस महिनासम्ममा ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको वस्तु भित्रिएको हो । गत आर्थिक वर्ष जम्मा ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँको वस्तु भित्रिएको थियो । जुन, यो वर्षको ६ महिनाको तुलनामा ५१.१३ प्रतिशतले कम हो । यो वर्ष भने गत वर्षको यही अवधिको तुलनामा ३ खर्ब ३८ अर्ब १० करोड रुपैयाँ बढीको सामान भित्रिएको भन्सार विभागले जानकारी दिएको छ ।

यस्तै, यस अवधिमा नेपालबाट १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको निर्यात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा ६० अर्ब ७९ करोड रुपैयाँ बराबरको निर्यात भएको विभागले जनाएको छ ।

चालू वर्षमा आयात ५१ प्रतिशतले बढेपछि व्यापारघाटा पनि ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यही तुलनामा जम्मा ६ खर्बको व्यापार घाटा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप