आइटम गीतमा कति पारिश्रमिक लिन्छन् अभिनेत्री ?
फिल्ममा आइटम गीत निकै रुचाइने गरिएको छ । एक आइटम नम्बरका लागि अभिनेत्रीहरु करोडौं रुपैंयाँ पारिश्रमिक लिन्छन् । आइटम गर्ल बन्नका लागि सामन्था रुथ प्रभुदेखि लिएर ज्याकलिन फर्नान्डिजसम्मका अभिनेत्रीले लाखौंदेखि करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् ।
दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु आइटम गीतमा महंगो पारिश्रमिक लिने अभिनेत्रीमा पहिलो नम्बरमा पर्छिन् । उनी एक आइटम गीतका लागि पाँच करोड पारिश्रमिक लिन्छिन् ।
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले कैयौं आइटम गीतमा कम्मर मर्काइसकेकी छन् । तर, कमैलाई मात्र थाहा होला कि उनी एक आइटम गीतका लागि तीन करोड पारिश्रमिक थाप्छिन् ।
अभिनेत्री सनी लियोनी आफ्नो करियरको सुरुवाती दिनमा एक आइटम गीतका लागि २५ लाख रुपैंयाँ लिन्थिइन् । तर, अहिले भने उनको पारिश्रमिक बढेर तीन करोड पुगेको छ ।
अभिनेत्री चित्रांगदा सिंहले केही आइटम गीतमा ठुम्का लगाएकी छन् । यद्यपि, उनले जुन गीतहरूमा नृत्य गरिन्, ती गीत सुपरहिट साबित भए । उनी एक गीतका लागि ६० लाख रुपैंयाँ चार्ज लिन्छिन् ।
अभिनेत्री कटरीना कैफले ‘चिकनी चमेली’ र ‘शीला’ जस्ता गीतका लागि ५० लाख पारिश्रमिक लिएकी छन् । उनले फिल्म ‘धुम ३’ पछि आफ्नो आइटम पारिश्रमिक बढाएकी छन् ।
‘दिलबर’ देखि ‘साकी-साकी’सम्म नोरा फतेहीले कयौं आइटम नम्बर गरिसकेकी छन् । उनी एक आइटम गीतका लागि ५० लाख पारिश्रमिक लिन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शपथ लिएपछि शाक्यको प्रतिक्रिया : देश र जनताको हितमा काम गर्छु
-
नेपालमा लगानी भित्र्याउन नीति स्पष्ट हुनुपर्छ : अमेरिकी राजदूत थम्पसन
-
इलाम–२ मा खड्का र नेम्वाङबिच प्रतिस्पर्धा, रास्वपाका उम्मेदवार चौथो स्थानमा (मतपरिणामसहित)
-
बझाङमा एमालेका भण्डारी दोब्बर मतले अगाडि
-
ट्रेलरमा यस्तो देखियो ‘खजुरे ब्रो’
-
नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर