अध्यक्षको पत्रकार सम्मेलन तय भएको छैन : विष्णु रिजाल
आइतबार, ०९ माघ २०७८, ०९ : ४९
![अध्यक्षको पत्रकार सम्मेलन तय भएको छैन : विष्णु रिजाल](https://rpcdn.ratopati.com/media/albums/bishnu-rijal1_MOhHWVhcA3_NoHAwDcQl4.jpg)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज गर्ने भनेको पत्रकार सम्मेलनमा समन्वयको अभाव देखिएको छ । एमाले प्रचार विभाग उपप्रमुख समेत रहेका केन्द्रीय सदस्य विष्णु रिजालले पत्रकार सम्मेलन गर्ने कि भनेर आन्तरिक छलफल भएपनि टुंगो नलागेको बताए ।
यसअघि एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव भीष्मराज अधिकारीले भने दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने तय भएको रातोपाटीलाई बताएका थिए । तर, एमाले प्रचार विभागका उपप्रमुख रिजालले पत्रकार सम्मेलन गर्ने कि भन्ने आन्तरिक सल्लाह भएपनि ठोस निर्णय भइनसकेको बताए । ‘आन्तरिक रुपमा पत्रकार सम्मेलन गर्ने कि भन्ने सल्लाह मात्र भएको हो, गर्ने नै भनेर हामीले घोषणा गरेका थिएनौँ’, रिजालको भनाइ छ ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षी दलद्वारा संसद् अवरोध
-
जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा नागरिकहरूलाई सुरक्षा खतरा भयो : अञ्जनी श्रेष्ठ
-
सांसद पराजुलीको प्रश्न– निरङ्कुशताविरुद्ध लडेको इतिहास बोकेका दलहरू किन निरङ्कुश बन्दैछन् ?
-
इसेवाको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने, यस्तो छ प्रक्रिया
-
इसेवा वालेटमा रहेको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने
-
१९ वटा वाणिज्य बैंकले बोलाए साधारणसभा, ११ बैंकको लाभांश घोषणा