भुलवस राजपत्रमा पुरानै नक्सा प्रकाशित भयो, अब सच्याउछौं : मन्त्री साह

मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले हालै प्रकाशित राजपत्रमा ‘चुच्चे नक्सा’ नराखी पुरानै नक्सा राखेर राजपत्र प्रकाशित गर्नु भुल भएको स्विकार गरेका छन । तत्कालिन प्रदेश नम्बर २ ले नाम परिवर्तन गरि ‘मधेस प्रदेश’ बनाएको बिषयमा जारी राजपत्रमा ‘चुच्चे नक्सा’ नसमेटि पुरानै नक्सा राखेर राजपत्र प्रकाशित भए पछि मन्त्री साहले सच्चाउने प्रतिवद्धता जनाएका हुन् ।
‘नेपालको पुरानै नक्सा राखेर भुलवस राजपत्र प्रकाशित भएछ, अब नयाँ नक्सासहितको राजपत्र प्रकाशित गर्नेछौं,’ मन्त्री साहले न्युज कारखानासँग भने । उनका अनुसार प्रावधिक कारणले मात्रै उक्त राजपत्रमा पुरानो नक्सा पर्न गएको हो ।
सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा पारित गरी नेपाल सरकारको लोगो नयाँ निमार्ण गरेको दुई बर्ष नाघेको अवस्था हुँदा हुँदै माघ ३ देखी लागु हुने गरी हिजो सार्वजनिक राजपत्रमा भने मधेस प्रदेशले पुरानै नक्साको निशान चिन्हसहित राजपत्र प्रकाशित गरेको थियो ।
प्रदेश २ लाई मधेस प्रदेश नामकरण गरिएको बिषय जानकारी दिन जारी राजपत्रमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको ‘नेपालको चुच्चे नक्सा’ नअटेको हो । मधेस प्रदेशका महान्यायाधिवक्ता दिपेन्द्र झाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको उक्त राजपत्रमा चुच्चे नक्सा नदेखिएपछि सार्वजनिक चासो बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन गरिँदैछ सलमानलाई बहिस्कार गर्न माग ?
-
जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट : डीएभी सुशिल केडिया फाइनलमा प्रवेश
-
७२ औँ मिस वर्ल्ड हैदराबादमा सुरु, नेपालको प्रतिनिधित्व गर्दै सृच्छा (तस्बिरहरू)
-
चिजा भण्डारीका दुई मुक्तक
-
भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्छौँ : प्रधानमन्त्री
-
प्रधानमन्त्रीलाई सुवालको प्रश्न : ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारमा जाने भर्याङ मात्र हो ?