सुनाकोठीस्थित बाललकुमारी मन्दिरबाट तीन सय वर्ष पुरानाे मूर्ति चोरी
![सुनाकोठीस्थित बाललकुमारी मन्दिरबाट तीन सय वर्ष पुरानाे मूर्ति चोरी](https://rpcdn.ratopati.com/media/albums/bal-kumari-murti-4_axSttyOmwh.jpg)
ललितपुर सुनाकोठीस्थित बालकुमारीको मूर्ति चोरी भएको छ । महानगरिय प्रहरी बृत्त चापागाँउका डिएसपी टेकबहादुर कार्कीका अनुसार शनिबार राती बालकुमारीस्थित मन्दिरबाट मूर्ति हराएको हो । बागमती प्रदेश सभाका सासंद राजकाजी महर्जनका अनुसार ३ सय वर्ष हाराहारी पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएका छन् ।
उनले भने, मूर्ति चाही पित्तलको हो । तर हाम्रा जिजुबराजुको पालाको ।' केही गहना भने लकर राख्ने गरिएको उनले बताए । मूर्ति रातको १ बजेदेखि २ बजेभित्र चोरी भएको महर्जनको भनाइ छ ।
उनका अनुसार करिब २० वर्षअघि यो मूर्ति कुर्न स्थानीय राति मन्दिरमा सुत्ने गर्दथे । समस्या आएपछि त्याहा मूर्ति कुर्न पनि छोडिएको थियो । बालकुमारी चौरमासमेत बालकुमारी मन्दिर रहेको छ । यस मन्दिरलाई पिठ मानिन्छ । पिठ मन्दिरलाई आमा मानिन्छ भने सुनाकोठी बजार क्षेत्रमा रहेको मन्दिरलाई छोरी मानिन्छ ।
हरेक वर्ष मंसिर र वैशासमा यस मन्दिरमा जात्रा लाग्ने गर्छ । डिएसपी कार्कीले प्रहरीले घटनास्थल पुगेर घटना विवरण लिए लगत्तै अनुसन्धान सुरु गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनका लागि आर्थिक सङ्कलन गर्न राजेन्द्र महतोले बनाए यस्तो योजना
-
म्यानेजमेन्ट अध्ययनका लागि नेपालमै उत्कृष्ट ग्लोबल कलेज
-
रुसको भूउपग्रह पड्कियो, चीनले लगायो आफ्नो आईएसएसमा कवच
-
१७ दिनमा १२ वटा पुल भत्किएपछि बिहारमा ११ जना इन्जिनियर निलम्बनमा
-
मोदी सरकार अगस्टसम्म ढल्न सक्छ : लालु यादव
-
कान्तिपुरले हटायो ‘इट्स माई शो’को विवादित अंश