शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा लगातार तेस्रो दिन नयाँ सङ्क्रमितको सङ्ख्यामा कमी

आइतबार, ०९ माघ २०७८, ०८ : ३०
आइतबार, ०९ माघ २०७८

भारतमा लगातार तेस्रो दिन नयाँ सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको छ । शनिबार ३ लाख ३१ हजार ३७२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने २ लाख ५८ हजार सङ्क्रमणमुक्त भएका छन् । थप ५२० जना सङ्क्रमितले ज्यान पनि गुमाएका छन् ।

अघिल्लो दिनको तुलनामा करिब ६ हजार सङ्क्रमित कम भएका हुन् । शुक्रबार ३ लाख ३७ हजार जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ४८८ जनाको मृत्यु भएको थियो । बिहीबार ३ लाख ४७ हजार नयाँ सङ्क्रमित भेटिँदा ७०३ जनाले ज्यान गुमाएका थिए ।

भारतमा हाल २१ लाख ४४ हजार सक्रिय सङ्क्रमित रहेका छन् । तेस्रो लहरमा पहिलो पटक सक्रिय सङ्क्रमितको सङ्ख्या २१ लाखभन्दा बढी पुगेको हो । गत ३१ डिसेम्बरमा सक्रिय सङ्क्रमित १ लाख रहेकोमा २२ दिनमा यो सङ्ख्या २१ गुणाले बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप