शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधेस प्रदेशको राजपत्रमा ‘चुच्चे नक्सा’ गायब

आइतबार, ०९ माघ २०७८, ०८ : ११
आइतबार, ०९ माघ २०७८

तत्कालिन प्रदेश नम्बर २ ले नाम परिवर्तन गरि ‘मधेस प्रदेश’ बनाएको बिषयमा जारी राजपत्रमा ‘चुच्चे नक्सा’ समेटिएको छैन् । सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेटेर नयाँ नक्सा जारी गरेको दुई बर्ष वितेको अवस्था हुदाँ हुदाँ पनि मधेस प्रदेशले भने पुरानै नक्सामार्फत राजपत्र प्रकाशित गरेको छ ।

मधेस प्रदेश नामाकरण गरिएको बिषय जानकारी दिन जारी राजपत्रमा चुच्चे नक्सा नअटेको हो । मधेस प्रदेशका महान्यायधिवक्ता दिपेन्द्र झाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा चुच्चे नक्सा नदेखिए पछि सर्वाधिक चासोको रुपमा हेरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप