एथ्लेटिकोको उत्कृष्ट पुनरागमन
आइतबार, ०९ माघ २०७८, ०७ : ०१

इन्जुरी समयमा दुई गोल गर्दै एथ्लेटिको म्याड्रिडले ला लिगामा भ्यालेन्सियाबिरुद्ध रोमाञ्चक पुनरागमन गरेको छ । शनिबार राति भएको खेलमा एथ्लेटिको आफ्नो घरेलु मैदानमा ३-२ गोलले विजयी भएको हो ।
युनुस मुसाह र ह्युगो डुरोले पहिलो हाफमा गोल गर्दै भ्यालेन्सियालाई खेलमा अग्रता दिलाएका थिए । दोस्रो हाफमा यानिक कारास्कोको कर्नरमा गोल गर्दै माथेयस कुन्हाले एथ्लेटिकोका लागि एक गोल फर्काए । दोस्रो हाफमा खेलमा नियन्त्रण बनाए पनि निर्धारित समयसम्म एथ्लेटिकोले कुनै गोल गर्न सकेन ।
हारतर्फ अघि बढिरहँदा इन्जुरी समयमा एन्जेल कोरेया र मारियो हरमोसोले गोल गर्दै एथ्लेटिकोको पुनरागमन पुरा गरे । जीतपछि २१ खेलबाट ३६ अङ्क बटुल्दै एथ्लेटिको लिगको चौथो स्थानमा रहेको छ । भ्यालेन्सिया २२ खेलबाट २९ अङ्कसहित लिगको नवौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रघुजीलाई बधाई दिँदै शंकरले भने - उहाँ आशा जगाउन सक्ने राजनीतिज्ञ हो, शिक्षालाई सुधारको दिशामा अघि बढाउन सफलता मिलोस्
-
ढुङ्गा झिक्ने क्रममा एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला
-
शिक्षकपछि डाक्टरहरुले पनि थाले आन्दोलन, १२ गतेदेखि स्वास्थ्यसेवा ठप्प पार्ने घोषणा
-
लुम्बिनीमा विश्व सम्पदा सम्मेलन सुरु
-
समलैङ्गिक दृश्यता दिवस सम्पन्न, अधिकार उपभोग गर्न नपाएको गुनासो
-
दुर्गा प्रसाईं र रवीन्द्र मिश्र सहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति