बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विराट राजाको दरबार क्षेत्रमा उत्खनन् गर्दा जे भेटियो (फोटोफिचर)

शनिबार, ०८ माघ २०७८, २१ : ५०
शनिबार, ०८ माघ २०७८

मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन भइरहेको छ । पुरातत्व विभागबाट गरिएको उत्खननअनुसार विराट राजाको दरबार भनिए अनुसारको उत्खननबाट ऐतिहासिक वस्तु वा भग्नावशेष पाइएको बताइएको छ ।

विराट राजाको दरबार क्षेत्र भनिएको स्थानमा विसं २०२६ मा पुरातत्व विभागबाट आएका अधिकृत तारानाथ मिश्रले उत्खनन कामको सुरुआतपछि विभागबाट प्रकाश दर्नाल, उद्धव आचार्य, शालिकराम कट्टेल, सन्दीप खनालले थोर बहुत उत्खननको काम गरिसकेपछि गएको पुस २६ गतेदेखि पुरातत्व विभागबाट खटिएका पुरातात्विक अधिकृत भास्कर ज्ञवालीको नेतृत्वमा उत्खननको काम जारी छ ।

उत्खननका क्रममा दरबार क्षेत्रमा प्राचीन सिक्का, पत्थर, इँटा, गणेशको मूर्ति लगायतका वस्तुहरु फेला परेका छन् । दरबार क्षेत्रमा उत्खननपछि भेटिएका वस्तु र त्यहाँ भैरहेको उत्खननका कामका तस्बिरलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।  तस्बिर : रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप