
मलेसियाका पूर्व प्रधानमन्त्री महाथिरको स्वास्थ्य अवस्था स्थिर

मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहमदलाई केही हप्तामै तेस्रो पटक अस्पतालमा भर्ना गरिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको उनकी छोरीले शनिबार जानकारी दिएकी छन् । पूर्व प्रधानमन्त्रीको दुई दिनदेखि क्वालालम्पुरस्थित राष्ट्रिय हृदय प्रतिष्ठानमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको छोरी मरिना महाथिरले बताइन् । उनी ९६ वर्षको छन् ।
महाथिरलाई पुनः अस्पताल भर्ना गरिएको खबर फैलिएपछि पछिल्लो स्वास्थ्यस्थितिबारे जानकारी लिन अस्पतालमा सञ्चारकर्मीको भीड देखिएको छ । मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोब अस्पताल पुगी उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको बताइएको छ ।
करिब पचहत्तर दिनअघि सोही अस्पतालमा उपचार गराई घर फर्किनुभएका महाथिरको नियमित उपचारका लागि भर्ना गरी करिब दुई साता अघि घर लगिएको थियो ।
छोरी मरिनाले भनिन्, “उहाँको उपचारमा सम्लग्न चिकित्सकहरूले उपचारपछि बुवाको शरीरमा सुधारको सकारात्मक सङ्केत देखिएको बताएका छन् । अहिले उहाँको अवस्था स्थिर रहेको छ ।”
पूर्व प्रधानमन्त्री महाथिरको परिवारले शुभेच्छुकहरूलाई उनको स्वास्थ्यमा पूर्ण सुधारका लागि प्रार्थना गर्न आग्रह गरेकी छन् ।
महाथिरले यस पहिले डिसेम्बर २०२१ मा स्वास्थ्य परीक्षणका लागि केही दिन अस्पतालमा विताएका थिए । पछिल्ला वर्षहरूमा उनलाई मुटुसम्बन्धी धेरै समस्या देखिएका छन् । यसका कारण उनलाई पटकपटक हृदयाघात भएको र अहिले उनको बाईपास सर्जरी भइरहेको छ ।
महाथिर मलेसियाका लोकप्रिय राजनीतिक व्यक्तित्वमध्ये एक हुन् । उहाँले मलेसियाको सुधारका लागि महत्वपूर्ण योगदान गरेको र दुई पटक गरी २४ बर्षसम्म प्रधानमन्त्रीको रूपमा सेवा गरिसकेका छन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ