शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधेस प्रदेशको नाम राजपत्रमा प्रकाशित

शनिबार, ०८ माघ २०७८, २० : १८
शनिबार, ०८ माघ २०७८

मधेस प्रदेश सरकारले आफ्नो नाम प्रदेश राजपत्रमा प्रकाशित गरेको छ । सबै निकायलाई उक्त नाम कार्यान्वयन गराउन आग्रह गर्दै मधेस प्रदेशले आफ्नो नाम राजपत्रमा प्रकाशित गरेको हो ।

प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७३ ख को उपनियम (२) बमोजिम प्रदेशको नामकरण तोक्ने प्रस्ताव सोही नियमावलीको अनुसूची ३ ख बमोजिम दर्ता भएका प्रस्तावहरूमध्ये प्रदेशको नाम राजपत्रमा प्रकाशित गरिएको बताइएको छ ।

'प्रस्ताव नम्बर १ मधेस प्रदेश नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश सभाको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट पारित भई प्रदेशको नामकरण मधेस प्रदेश कायम भएको ब्यहोरा सार्वजनिक लिखित प्रमाणीकरण (कार्यविधि) ऐन, २०७५ को दफा ५ को उपदफा (१) बमोजिम सभामुखबाट प्रमाणीकरणसमेत भइसकेकाले सोही ऐनको दफा ५ को उपदफा (२) बमोजिम निर्णय कार्यान्वयनका लागि सूचना प्रकाशित गरिएको छ,'  मधेस प्रदेश सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप