

आगामी सोमबारसम्म देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिबार, आइतवार र सोमबार क्रमशः नेपालभर प्रभाव पार्ने सम्भावना रहेको छ ।
उक्त प्रणालीको प्रभावले देशको सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बांकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ ।
विभागले चेतावनी तथा परामर्श जारी गदै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी, बागमती र प्रदेश नं एकका एक– दुई स्थानमा हल्का वर्षाको संभावना रहेको जनाएको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ । देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ