
पत्रकार बिन्दु चौहानको सम्झनामा “पत्रकारिता पुरस्कार” घोषणा

स्वर्गीय पत्रकार बिन्दु कुमार चौहानको सम्झनामा “स्व. बिन्दु चौहान स्मृति पत्रकारिता पुरस्कार” घोषणा भएको छ । शनिबार मधेसी पत्रकार समाज नेपाल, रुपन्देहीको मर्चवारमा बसेको बैठकले चौहानको स्मृतिमा भदौ २९ गते वितरण गर्ने गरि उक्त पत्रकारिता पुरस्कारको घोषणा गरेको हो । उक्त पुरस्कार चौहानको स्मृति दिवसको अवसर पारी विभिन्न विधामा कलम चलाउने मधेसी पत्रकारहरू मध्ये मूल्याङ्कन गरि एक जनालाई प्रदान गरिने समाजका सचिव हृदयराम गुप्ताले जानकारी दिए ।
रुपन्देहीका रही विभिन्न सञ्चारमाध्यममा काम गरेका बिन्दु चौहानलाई यस पछिका पुस्ताले समेत उनको योगदान सम्झिने गरि पुरस्कारको स्थापना गरिएको गुप्ताले बताए । यसले मधेस क्षेत्रमा रहेका पत्रकारहरूलाई थप सशक्त गर्ने अपेक्षा समेत गरिएको छ । समाजले बिन्दु चौहानको स्मृतिमा पत्रकारिता पुरस्कार वितरण गर्ने उद्देश्यले अक्षयकोष समेत स्थापना गर्ने निर्णय गरेको र अक्षयकोष स्थापनामा सहयोगको लागी सबैमा अपिल समेत गरेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ