
मन्त्री रेणु यादवको राजीनामा माग गर्दै गौरमा प्रदर्शन

नेकपा एमाले निकट राष्ट्रिय युवा संघका कार्यकर्ताहरुले मन्त्री रेणु यादवको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । युवा संघका कार्यकर्ताहरुले शनिबार रौतहटको सदरमुकाम गौरमा प्रदर्शन गरेका हुन् । जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिँलै गौर घटना दोह्र्याउने जस्तो गैरजिम्मेवार मन्तव्य दिएको भन्दै युवा संघले मन्त्री यादवको राजीनामा मागेका छन् ।
युवा संघका जिल्ला अध्यक्ष बालाशंकर कुश्वाहाको नेतृत्वमा युवा संघका कार्यकर्ताहरुले तुल ब्यानरसहित गौरस्थित मुख्य सडकमा प्रदर्शन गरेका हुन् । गौरस्थित एमाले पार्टी कार्यालय देखि सुरुभएको र्याली ब्यारेक फिल्ड हुँदै वीपी चोकमा कोणसभा परिणत भएको थियो ।
कोणसभामा युवा संघका पूर्व स्थायी कमिटी सदस्य एवम् जिल्ला पार्टी सदस्य निवेश यादवले मन्त्री रेणु यादवको अभिव्यक्तिको छानबिन गरी कार्वाही प्रक्रिया अगाडि बढाउनु पर्ने माग गरे ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ