
हैबुङमा ढुंगाले किचेर एक्साभेटर चालकको मृत्यु

मेलम्ची नगरपालिका-३ हैबुङमा सडक खन्ने क्रममा ढुंगाले किच्दा एक्साभेटर चालकको मृत्यु भएको छ । बर्दिया घर भएका अन्दाजी ४५ वर्षका शेरबहादुर श्रेष्ठको घटनास्थलमा नै ज्यान भएको स्थानीय वसन्त गुरुङले बताए ।
शनिबार दिउँसो साढे १ बजेको समयमा मेलम्ची नगरपालिका(३ स्थित माछा फार्म नजिकै सडक विस्तारको क्रममा माथिबाट खसेको ढुंगाले एक्साभेटर चालकलाई लागेको थियो । अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । मृतक श्रेष्ठ हिजोमात्र एक्साभेटर चलाउन आएको स्थानीयले बताएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ