शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन संविधानको भावना र मर्म अनुसार नै हुनुपर्छ : सिंह

शनिबार, ०८ माघ २०७८, १७ : ३५
शनिबार, ०८ माघ २०७८

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको बताएका छन् । नेता सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै हुनुपर्ने पनि स्पष्ट पारेका हुन् ।

शनिबार काठमाडौँको चाक्सीबारीस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संविधानको मर्म र भावना विपरीत कुनै पनि तहको निर्वाचनमा जान नहुने बताए । उनले पाँच वर्ष कार्यकाल पूरा गरेको ६ महिना भित्र स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने कुरा संविधानमा उल्लेख भएको र सोही अनुसार हुनुपर्ने दाबी समेत गरे ।

नेता सिंहले भने, ‘संघीय निर्वाचन पनि टाइम आएपछि गर्दा राम्रो हुन्छ । संविधानको भावना र मर्म अनुसार नै हुनुपर्छ । त्यसमा पनि के भन्दा खेरी स्थानीय निकायचाहिँ खाली राख्नु हुन्न भन्ने मेरो व्यक्तिगत धारणा हो । र, त्यही अनुसार हुनुपर्छ भन्ने मेरो भनाई हो ।’

त्यस अवसरमा काँग्रेस नेता सिंहले डा. मिता सिंहद्वारा लिखित पुस्तक ‘स्ट्रगल अफ गणेशमान सिंह’को विमोचन गर्दै पुस्तकमा गणेशमान सिंहले नेपालको प्रजातन्त्र स्थापनाका लागि गर्नु भएको योगदानको चर्चा गरिएको बताए । उनले सो पुस्तक नेपालको प्रजातान्त्रिक आन्दोलनबारे जान्न चाहने जोकोही उपयोगी हुने विश्वास समेत व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप