शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाकै नेता भन्छन्– मन्त्री यादवको बारेमा पार्टीले निर्णय गर्नुपर्छ

शनिबार, ०८ माघ २०७८, १७ : ३४
शनिबार, ०८ माघ २०७८

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य इस्तियाक राईले पार्टी नेतृ एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले दिएको अभिव्यक्तिबारे पार्टीले बोल्नुपर्ने बताएका छन् । रौतहटमा माघ ५ गते भएको घटना दुःखद भएको भन्दै मन्त्री यादवका विषयमा पार्टीले तत्काल निर्णय गर्नुपर्ने उनले बताए । उनले भने, ‘त्यस सम्बन्धमा दुवै पक्ष दोषी छन्, तर मन्त्री जस्तो गरिमामय पदमा रहेको व्यक्तिबाट त्यस्तो अभिव्यक्ति आउन हुँदैन ।’
उनले भने, ‘यादव देशको मन्त्री हुनुहुन्छ, त्यो पदबाट त्यसरी बोल्नु हुन्नथियो, त्यो कुराको ख्याल गर्नुपथ्र्यो’ उनले भने, ‘मन्त्रीज्यूले पदको गरिमाको ख्याल गर्नुपथ्र्यो, त्यहाँ चुक्नुभयो ।’  यसअघि पनि मन्त्रीहरुले यस्ता अभिव्यक्ति दिएका कारण मन्त्री पदबाट हटेका थुप्रै उदाहरण रहेको बताउँदै नेता राईले मन्त्री यादवको हकमा भने पार्टी निर्णयमा भरपर्ने बताए ।  

जनमत पार्टी नेतृत्वको आन्दोलन पनि अराजकतातिर गइरहेको बताउँदै उनले अरुको कार्यक्रम बिथोल्ने, बाटो छेक्ने जस्ता कार्य गर्न नहुने बताए । उनले भने, ‘शान्तिपूर्ण तरिकाले कालो झण्डा देखाउनु एउटा कुरा हो, तर मुठभेडमै जाने, तोडफोड गर्ने कार्य गर्न हुँदैनथ्यो ।’ उनले भने, ‘आन्दोलन त मधेशी जनअधिकार फोरमले पनि गरेको थियो, कालो झण्डा देखाउने, राजमार्ग जाम गर्ने जस्ता काम गरेको थियो तर यसरी पार्टीहरूसँग मुठभेडको अवस्था सृजना गरेको थिएन ।’ 

माघ ५ गते सहिद दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका नेता सिके राउत र उनका कार्यकर्ताप्रति लक्षित गर्दै गौर हत्याकाण्ड मच्चाउने अभिव्यक्ति दिएकी थिइन् । उनको सो अभिव्यक्तिको सर्वत्र आलोचना भैरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप