
मन्त्री यादवले दिएको अभिव्यक्तिको जनमोर्चाद्वारा विरोध

राष्ट्रिय जनमोर्चाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सिके राउतको हत्या गर्ने सम्बन्धी दिएको अभिव्यक्तिको विरोध गरेको छ । सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्री यादवको सो अभिव्यक्तिप्रति आफ्नो पार्टीको ध्यानकर्षण भएको जनाएका हुन् ।
राष्ट्रिय जनमोर्चाले व्यक्ति हत्याको राजनीतिलाई सही नमान्ने बताउँदै विज्ञप्तिमा भनिएको छ: ‘राष्ट्रिय जनमोर्चाले व्यक्ति हत्याको राजनीतिलाई सही मान्दैन । सरकारको जिम्मेवार मन्त्रीले त्यसप्रकारको अभिव्यक्ति दिनु सही होइन । मन्त्री यादवको त्यसप्रकारको अभिव्यक्तिको विरोध र भर्त्सना गर्दछौं ।’
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ