शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१० हजार २५४ जनामा सङ्क्रमण पुष्टि, थप १६ जनाको मृत्यु

शनिबार, ०८ माघ २०७८, १६ : ०८
शनिबार, ०८ माघ २०७८

देशभर थप १० हजार २५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टिजेन विधिबाट २ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म देशमा ११ हजार ६ सय ५१ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

यही अवधिमा थप ७०८ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख २० हजार २८३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । देशभर हाल ७२ हजार ८६२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।मन्त्रालयका अनुसार थप १ लाख ९६ हजार ८५७ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप