शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

शनिबार, ०८ माघ २०७८, १६ : ०४
शनिबार, ०८ माघ २०७८

बाइस वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका-९ बस्ने २६ वर्षीय सुवास यादवलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनले ती महिलालाई लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ पिपरास्थित खाली खेतमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप